• ११ भदौ २०८२, बुधबार

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

blog

१. विसं २०८१ को मदन पुरस्कार विजेता स्रष्टा को हुन् ? 

छुदेन काविमो (औपन्यासिक कृति : उरमाल) 

उरमाल उपन्यासले दार्जिलिङको चिया बगान क्षेत्रका महिला श्रमिकको सांस्कृतिक र ऐतिहासिक यथार्थलाई जीवन्त रूपमा उद्घाटित गरेको । 

सीमापारि (कालिम्पोङ, भारत) का लेखक काविमोको पुस्तकले उचाइ लिने क्रममा नेपालको प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेको ।

त्यसै गरी २०८१ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व प्रेमदेव गिरी हुन् । उनी लोकगीतहरूको सङ्कलन र संरक्षणमा लामो समयदेखि निरन्तर समर्पित रहेका । सुर्खेतमा बसेर नेपाली वाङ्मय गोडमेल गरिरहेका माली हुन् प्रेमदेव गिरी । 

पुरस्कार राशि : दुवै पुरस्कारको राशि चार/चार लाख रुपियाँ रहेको ।

प्रदान गर्ने संस्था : मदन पुरस्कार गुठी

२. नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८२ कहिले स्वीकृत गरेको हो ? 

विसं २०८२ साउन २६

उक्त नीतिले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमार्फत

‘मानवकेन्द्रित, नैतिक र समृद्ध नेपाल निर्माण गर्न’ मुख्य चार वटा उद्देश्य राखेको : 

एआईबाट आर्थिक वृद्धिदर उच्च बनाउने, 

एआईको प्रयोग गरी सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, 

दिगो एवं भरपर्दो एआई इकोसिस्टम निर्माण गर्ने, 

एआई गभर्नन्सलाई प्रभावकारी बनाउने । 

नीति कार्यान्वयनका लागि एआई नियमन परिषद् स्थापना गरिने । 

एआईको क्षेत्रमा कम्तीमा पाँच हजार जनशक्ति तयार गर्ने । 

एआई रेडिनेस इन्डेक्समा नेपालको स्थानलाई शीर्ष ५० भित्र पु¥याउने । स्मरण रहोस् अक्सफोर्ड इन्साइट्सले तयार पारेको गभर्नन्स एआई रेडिनेस इन्डेक्समा नेपाल सन् २०२४ मा १५० औँ स्थानमा रहेको । 

एआईलाई सामाजिक, आर्थिक क्षेत्रमा प्रयोग गरी सूचना प्रविधिबाट कुल गार्हस्थ उत्पादनमा हुने योगदानलाई एक प्रतिशत पु¥याउनेसहित पाँच वटा लक्ष्य नीतिमा उल्लेख । 

३. कर्णाली प्रदेश सरकारले पहिलो पटक कृषिमा आयकर कहिलेदेखि लगाउन थालेको हो ? 

आर्थिक वर्ष २०८२/८३ देखि

आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ल्याएको आर्थिक ऐनबमोजिम अब प्रदेशभित्र उत्पादित कृषि उपजको बिक्रीबाट हुने आम्दानीमा तोकिएको दरमा कर लाग्ने ।

प्रदेशको आन्तरिक आम्दानी सुदृढ गर्न यो व्यवस्था ल्याएको जनाइएको ।

यसअघि कृषि क्षेत्रलाई करको दायरामा ल्याइएको थिएन । नयाँ व्यवस्था अनुसार वार्षिक पाँच लाख रुपियाँसम्मको कृषि आयमा कर लाग्ने छैन । त्यसभन्दा बढी आम्दानी हुने किसानका लागि निम्न दरले कर निर्धारण गरिएको ः 

पाँच लाखदेखि २५ लाख रुपियाँसम्म : एक प्रतिशत

२५ लाखदेखि ५० लाख रुपियाँसम्म : १.५ प्रतिशत

५० लाखदेखि एक करोड रुपियाँसम्म : १.७५ प्रतिशत

एक करोडभन्दा बढी आयमा : २ प्रतिशत ।

कर्णाली सरकारले यस वर्षदेखि खेतीयोग्य जमिन बाँझो राख्नेलाई पनि कर लगाउने कानुनी व्यवस्था गरेको छ । 

४. ३४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्धजलाशययुक्त आयोजना कहाँ रहेको छ ? 

गोरखा (परियोजनाको बाँध क्षेत्र चुमनुब्री गाउँपालिकाको वडा नं. ३ र विद्युतगृह धार्चे गाउँपालिकाको वडा नं. ३ मा हुने ।)

निजी क्षेत्रकै ठुलो यस जलविद्युत् आयोजना निर्माणका लागि विसं २०८२ साउन २२ गते वित्तीय व्यवस्थापन सम्झौता भएको । 

७० अर्ब रुपियाँ लागत अनुमान गरिएको यस परियोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको नेतृत्वमा १० बैङ्क तथा वित्तीय संस्थाले कन्स्टोटियम (संयुक्त) मोडेलमा ५२ अर्ब ५० करोड रुपियाँ ऋण लगानी गर्ने भएका । साउन २२ मा प्रवर्धक कम्पनी टाइम्स इनर्जी र बैङ्क तथा वित्तीय संस्थाबिच ऋण लगानी सम्झौता भएको  । 

विसं २०८७ पुस १५ सम्म परियोजना सञ्चालनमा ल्याउने कम्पनीको लक्ष्य रहेको ।

यस परियोजनामा ७५ प्रतिशत लगानी ऋणमार्फत जुटाइएको छ भने बाँकी २५ प्रतिशत लगानी प्रवर्धक कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्ने जनाइएको । 

५. नेपालमा कति तहका अदालत छन् ?

तीन तह : सर्वोच्च, उच्च र जिल्ला अदालत 

६. विश्व राष्ट्रिय निकुञ्ज सम्मेलन कति कति वर्षको अन्तरमा आयोजना गरिन्छ ?

प्रत्येक १० वर्षमा

७. नेपालको निजीस्तरमा सञ्चालित पहिलो केबुलकार कुन हो ?

मनकामना केबुलकार 


८. सरकारले तर्जुमा गरेको खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से रणनीतिक योजनाको अवधि कुन हो ? 

आव २०८१/८२–२०८६/८७

सबैका लागि स्वस्थ्य तथा पोषणयुक्त खाद्य पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित राष्ट्रिय योजना आयोगले सो योजना ल्याएको । 

संयुक्त राष्ट्रसङ्घले विश्वव्यापी रूपमा खाद्य प्रणाली रूपान्तरणका लागि अघि सारेका पाँच कार्यक्षेत्र र नेपाल आफैंले थप गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी कार्यक्षेत्र गरी छ वटा कार्यक्षेत्रका विषयवस्तुमा योजना आधारित रहेको । 

रणनीतिक योजनाका लक्ष्य :

सन् २०३० सम्ममा खाद्य असुरक्षा अनुभव मापनमा आधारित मध्यम वा गम्भीर खाद्य असुरक्षाको दर ७.८ बाट दुई प्रतिशत कायम गर्ने, 

कुपोषित जनसङ्ख्या ५.५ बाट तीन प्रतिशतमा झार्ने, 

आधारभूत खाद्य सुरक्षामा रहेका परिवारको संख्या ४६ बाट ८० प्रतिशत पु¥याउने, 

ग्लोबल खाद्य सुरक्षा सूचकाङ्कमा नेपालको स्थान ५६.९ बाट ९० पु¥याउने । 

९. राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ ?

भदौ ३ 

सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिएको । 

विसं २०८२ भदौ ३ गते १९ औँ राष्ट्रिय सूचना दिवस मनाइएको । सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार मूल मन्त्र रहेको । 

१०. महालेखा परीक्षक तोयम रायाद्वारा महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन कहिले पेस गरिएको हो ? 

विसं २०८२ वैशाख ३१ 

६२ औँ वार्षिक प्रतिवेदनका प्रमुख तथ्याङ्क 

कुल लेखा परीक्षण गरिएको रकम : रु. ९४ खर्ब ६२ अर्ब ३६ करोड

कुल लेखा परीक्षण गरिएका संस्था/निकाय : पाँच हजार ७५९ वटा

कुल बेरुजु रकम : रु. ९१ अर्ब ५९ करोड ७९ लाख

अद्यावधिक बेरुजु : रु. सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख (सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, समिति र अन्य संस्थातर्फ लेखा परीक्षणबाट औँल्याइएको ।)

कुल बेरुजु प्रतिशत : १.८१ प्रतिशत

संस्थागत आधारमा बेरुजु

सङ्घीय मन्त्रालय तथा निकाय : रु. ४७ अर्ब ७४ करोड ३० लाख (१.५४ प्रतिशत)

प्रदेश मन्त्रालय तथा निकाय : रु. चार अर्ब २० करोड (१.३६ प्रतिशत)

स्थानीय तह : रु. २५ अर्ब ३२ करोड ४२ लाख (२.२६ प्रतिशत)

समिति र अन्य संस्था : रु. १४ अर्ब ३३ करोड सात लाख (२.७४ प्रतिशत)

बेरुजु वर्गीकरण

असुल गर्नुपर्ने : ३२.८९ प्रतिशत

नियमित गर्नुपर्ने : ६१.२७ प्रतिशत

– अनियमित भएको : १६.५० प्रतिशत

– प्रमाण÷कागज पेस नभएको : ४४.७० प्रतिशत

– शोधभर्ना नलिएको : ०.०७ प्रतिशत

पेस्की : ५.८४ प्रतिशत

राजस्व र खर्च

राजस्व लक्ष्य (२०८०/८१) : रु. १२ खर्ब ४८ अर्ब ६६ करोड

राजस्व प्राप्ति : रु. नौ खर्ब ६० अर्ब १६ करोड (७६.९० प्रतिशत)

राजस्व वृद्धि : अघिल्लो वर्षको तुलनामा ६.७८ प्रतिशत

कुल खर्च (२०८०/८१) : रु. १३ खर्ब ९३ अर्ब ४० करोड

चालु खर्च : रु. ९२९ अर्ब १२ करोड (८१.३७ प्रतिशत)

पुँजीगत खर्च : रु. एक खर्ब ९२ अर्ब (६३.५७ प्रतिशत)

ऋण (साँवा, ब्याज भुक्तानी) : रु. दुई खर्ब ७२ अर्ब २५ करोड (८८.५५ प्रतिशत)

प्रदेशगत बेरुजु अवस्था (२०८०/८१)

प्र्रदेशमातहतका सरकारी कार्यालय, अन्य संस्था र समितितर्फको २०८०/८१ को लेखा परीक्षण रकम र बेरुजु अङ्क  

  (रु. हजारमा)

प्रदेश लेखापरीक्षण गरिएको कार्यालय सङ्ख्या बेरुजु प्रतिशत पेस्कीबाहेक बेरुजु प्रतिशत

कोशी २०१ १.६९ १.४९

मधेश १५९ २.५३ २.१०

बागमती २१४ १.०३ ०.८९

गण्डकी २०३ १.२६ १.०९

लुम्बिनी २११ १.२२ १.१३

कर्णाली १४० १.२२ ०.९५

सुदूरपश्चिम १६२ १.४१ १.३५

जम्मा १२९० १.४४ १.२५


११. नेपालको मरुभूमि भन्नाले मुस्ताङलाई चिनिन्छ भने नेपालको श्रीलङ्का भन्नाले कुन ठाउँलाई चिनिन्छ ? 

कोशीटप्पु 

१२. झिङ्गुट भनेको के हो ?

दही जमाउने माटोको भाँडो

१३. नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?

कतार

१४. श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा कहिले पक्राउ गरिएको हो ? 

सन् २०२५ अगस्ट २२ 

१५. राष्ट्रिय प्रकृति संरक्षण कोषको स्थापना कहिले भएको हो ?

विसं २०३९ कात्तिक ३

१६. नेपालका शाहजहाँ भनेर कसलाई चिनिन्छ ? 

खड्गशमशेर 

१७. ‘गेट वे अफ नेपाल’ भनी नेपालको कुन ठाउँलाई चिनिन्छ ? 

वीरगन्ज 

१८. स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली (लिजा) मा देशकै उत्कृष्ट नगरपालिका कुन बनेको छ ? 

नीलकण्ठ नगरपालिका (धादिङ)

देशभरका नगरपालिका र गाउँपालिकामध्ये नीलकण्ठ नगरपालिकाले ९३.५० अङ्क र बेनीघाट रोराङ गाउँपालिकाले ९१.७५ अङ्क प्राप्त गरी नगरपालिकातर्फ नीलकण्ठ र गाउँपालिकातर्फ बेनीघाट रोराङ सर्वाधिक अङ्कसहित देशकै उत्कृष्ट बनेका हुन् ।

१९. सुशासनसम्बन्धी नीति तथा कार्यक्रम पहिलोपल्ट कुन योजनाले अगाडि सारेको हो ?

नवौँ योजना

२०. सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका कति हिमाललाई आरोहणका लागि निःशुल्क गर्ने व्यवस्था गरेको छ ? 

९७

मन्त्रीपरिषद्को विसं २०८२ साउन १८ को बैठकले आगामी दुई वर्ष अर्थात् २०८४ सम्मका लागि कर्णालीका ७४, सुदूरपश्चिमका २० र दुवै प्रदेशको सीमामा रहेका तीन वटा गरी ९७ वटा हिमालको आरोहण निःशुल्क गरेको । 

निःशुल्क आरोहणका लागि खुला गरिएकामा त्यस क्षेत्रका अपि, सैपाल, काञ्जिरोवा, कान्टी, जेठी बहुरानीलगायत छन् । यी ९७ हिमाल आरोहणका लागि हालसम्म विदेशीले १७५ डलरदेखि पाँच सय डलरसम्म रोयल्टी तिर्नुपर्दथ्यो ।

मानव विकास सूचकाङ्कमा पछाडि परेका क्षेत्रमा हिमाल आरोहण निःशुल्क गर्दा पर्यटकको आकर्षण बढेर त्यहाँका अरू नयाँ गन्तव्यको पनि पहिचान हुने अपेक्षा गरिएको । 

प्रस्तुतकर्ता : टङ्क केसी