• १३ भदौ २०८२, शुक्रबार

खतिवडाको ‘बहार’ लोकार्पण

blog

काठमाडौँ, भदौ १२ गते । गीतकार नारायण खतिवडाको गीतिसङ्ग्रह पुस्तक ‘बहार’ को लोकार्पण गरिएको छ । पुस्तकमा ९४ वटा गीत समावेश छन् । गीतिपुस्तकमा समाजका परिवेश तथा परिस्थितिलाई आन्तरिकीकरण गरी कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । सामाजिक विषयबस्तु, राष्ट्र राष्ट्रियता, देशप्रेम, संयोगान्त र वियोगान्त, चेतनामूलक गीत रहेका छन् ।

सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्य थापामगर, गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान, सङ्गीत रोयल्टी सङ्कलन समाजका महासचिव वसन्त सापकोटा, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।