• ५ वैशाख २०८१, बुधबार

काठमाडौंबाट कटुवा पेस्तोल र गोलीसहित दुईजना पक्राउ

blog

काठमाडौं, असार  ११ गते । प्रहरीले काठमाडौंको मित्रनगरबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका-१ घर भएकी २१ वर्षीया अस्मिता विक छन् ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित राजु र अस्मितालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।