काठमाडौँ, भदौ ८ गते । छहारी युथ क्लब र राप्ति फुटबल क्लबले एन्फा महिला लिग छनोटमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा छहारी र राप्तीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।
समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थानमा रहने दुई टोलीबिचको प्ले अफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।