• ५ भदौ २०८२, बिहिबार

टेबलटेनिसमा स्ट्यागको अग्रता कायम

blog

टेबलटेनिस लिगमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, भदौ ५ गते । आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन–३ मा बिहीबार एकल अग्रता कायम गरेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको आठौँ चरणको खेल सकिँदा स्ट्यागले ७७ अङ्क बनाएको छ । स्ट्यागलाई पछ्याइरहेको एभीएम टेबलटेनिस क्लबले ७५ अङ्क जोडेको छ । 

टप स्पिन टेबलटेनिस गुड्स नेपालले ७२ तथा खोल्चा पुखु खेलकुद समिति र होप्स टेबलटेनिस एकेडेमीले समान ६०–६० अङ्क जोडेका छन् ।

यल टेबलटेनिसले ५९, भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले ५४, कीर्तिपुर नगरपालिकाले ५३, द ड्रागन्स टेबलटेनिस क्लबले ४८ र ओल्ड हाउस रेस्ट्रोले ४२ अङ्क बनाएको छ ।