• ५ भदौ २०८२, बिहिबार

‘द राइजिङ नेपाल’ को प्रबन्ध सम्पादकमा लम्साल नियुक्त

blog

‘द राइजिङ नेपाल’ को निमित्त प्रबन्ध सम्पादक रमेश लम्साल ।

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ ५ गते । गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन ‘द राइजिङ नेपाल’ को निमित्त प्रबन्ध सम्पादकमा रमेश लम्साल नियुक्त हुनुभएको छ। 

संस्थानले २०८२ भदौ ५ गते बिहीबारबाट लागु हुने गरी लम्साललाई उक्त पदमा नियुक्त गरेको हो ।

लम्साल २०५५ सालमा सहायक सम्पादकमा ‘द राइजिङ नेपाल’ मा प्रवेश गर्नुभएको थियो । उहाँले करिब एक दशकभन्दा बढी समय अर्थतन्त्रसम्बन्धी समाचार सङ्कलन र सम्पादन गर्नुभयो । त्यसका साथै लम्सालले दैनिकको शुक्रबार विशेषाङ्क संयोजनको जिम्मेवारी सम्हाल्नु भएको छ । 

२०७६ देखि पाण्डुलिपि सम्पादन विभागको नेतृत्व गर्दै आउनुभएका लम्साल प्रमुख समाचारदाताका रूपमा कार्यरत हुनुहुन्थ्याे । 

खोटाङमा जन्मनुभएका लम्सालले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ ।