नवराज नेपाली
बागलुङ (गलकोट), भदौ ३ गते । बागलुङमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका –३ की १९ वर्षीया कृष्णकुमारी चन्दको मृत्यु भएको हो ।
सोमबार साँझ मोबाइल चार्ज गर्ने क्रममा नाङ्गो तारमा छोइँदा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिनुभयो । करेन्ट लागेर गम्भीर घाइते हुनु भएकी चन्दलाई बुर्तिबाङ प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उहाँको भनाइ छ ।