• ३ भदौ २०८२, मङ्गलबार

व्यङ्ग्यात्मक तिज गीत

blog

काठमाडौँ , भदौ ३ गते । गीतकार नारायण खतिवडाको व्यङ्ग्यात्मक गीतिशैलीको तिज गीत भिडियो नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबसहित अन्तर्राष्ट्रिय प्लेटफर्ममा सार्वजनिक गरिएको छ । ‘तिज बरिलै’ शीर्षमा सार्वजनिक गरिएको भिडियोमा कतै विकृतिप्रति व्यङ्ग्य प्रहार गरिएको छ भने कतै यस पर्वको महत्व बुझी मनाउनेप्रति सम्मान व्यक्त गरेको भाव रहेको छ ।

नेपाली समाजमा मनाइने विभिन्न चाडपर्वको सांस्कृतिक पक्ष कमजोर बन्दै गएको अवस्थालाई चित्रण गरिएको  सो गीतको भिडियोमा रञ्जु मिश्र, सहारा कोइराला र  विदेश मार्सलको मुख्य भूमिकाको रूपमा अभिनय रहेको छ । स्टुडियो किङ्ममा रेकर्ड गरिएको गीतको छायाङ्कन अर्जुन कटवाल, कोरियोग्राफी सन्जिला सुमित्रा रहेको छ । गीतमा विकास धमलाको दृश्य सम्पादन रहेको छ । भिडियोको निर्देशन गीतकार नारायण खतिवडा आफैँले गर्नुभएको छ ।