• १४ वैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, असार ९ गते । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै छ ।

बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले ‘‘राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७–२०७८’’ पेश गर्नुहुने कार्यसूची छ ।

सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमका अनुसार प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । साथै ‘‘लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ‘‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौता’’ पेश गर्नुहुने कार्यसूची तय भएको छ ।