• २६ साउन २०८२, सोमबार

जिप दुर्घटना हुँदा तीन जना घाइते

blog

दुर्घटनाग्रस्त जिप । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा) साउन २५ गते ।
स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनमा तीन जना घाइते भएका छन् । वालिङ बजारबाट वालिङ नगरपालिका–१२ लाम्पाते जाँदै गरेको लु १ च ६२५३ नम्वरको जिप वालिङ–१४ को छोरेखर्कमा शनिबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी वालिङ नगरपालिका–१२ का २२ वर्षीय सागर सुनार,सोही ठाउँका ३८ वर्षका ओविन गोतामे र जिपका चालक देवदह नगरपालिका–२ खैरेनीका मदन पुरी घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिनुभयो ।

जिप सडकबाट २५ मिटर जती तल झरेको वालिङ नगरपालिका–१४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिनुभयो । घाइतेहरु मध्ये दुई जनाको वालिङमा रहेको गह्रौं प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि राति नै पोखरा पठाईएको प्रहरीको भनाइ छ ।