काठमाडौँ, साउन २६ गते । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि चलचित्रको मुख्य पात्रले गर्ने सङ्घर्ष रहेको छ ।
ट्रेलरमा कोरिया जान मुख्य पात्रले गरेको सङ्घर्ष, काठमाडौँमा आएपछि ठगिएको कथा र त्यसपछि परिबन्धमा परेर गरेका अनेक काम र हन्डर समेटिएको छ ।
चलचित्र भदौ ६ गते प्रदर्शन हुँदै छ । हिमाल न्यौपानेले निर्देशन गर्नुभएको चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशाङ्क मैनाली, गौरव पहाडी, भोलाराज सापकोटालगायतको अभिनय रहेको छ ।