• २६ साउन २०८२, सोमबार

‘जीवनको यात्रा : गन्तव्य’ लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २६ गते । डा. विकास देसारको तेस्रो पुस्तक ‘जीवनको यात्रा : गन्तव्य’ को लोकार्पण गरिएको छ । गोदावरी नगरपालिकाको वज्रवाराही हलमा आयोजित एक समारोहबिच समालोचक एवं चलचित्र निर्देशक प्रकाश सायमिले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । 

लोकार्पण गर्दै सायमिले पुस्तकलाई जीवन जिउने आधारका रूपमा चर्चा गर्नुभयो । चिकित्सा पेसामा लागेर पनि कलम चलाउन रुचि राख्ने डा. देसारले पुस्तक प्रकाशन गरेर स्वास्थ्य क्षेत्रमा इँटा थपेको उहाँले बताउनुभयो ।  

पुस्तकमा डा. देसारका व्यक्तिगत अन्तर्दृष्टि र सामाजिक प्रतिविम्बको विचारशील मिश्रण रहेको पाइन्छ । पुस्तकले जीवन, यसका चुनौती र पूर्तिको बाटोबारे लेखकका गहिरा अनुभूतिलाई प्रस्तुत गरेको छ ।

डा. देसारले जन्मदेखि मृत्युपर्यन्त मानिसले केका लागि प्रयास गर्छन्, के कस्ता अनुभव गर्छन् र वास्तवमा जीवनको महìव के छ भनेर पुस्तकमा सुन्दर ढङ्गले चित्रण गरेका छन् । रोजगारी र अवसरका खोजीमा छोराछोरी विदेश बसाइ सर्दा सँगै गएका वृद्ध आमाबाबुले सामना गर्ने कठोर वास्तविकतालाई पुस्तकमा मार्मिक रूपमा समेटिएको छ ।