• २४ साउन २०८२, शनिबार

फोर्स गाडीबाट पीडित व्यवसायीद्वारा क्षतिपूर्तिको माग

blog

पत्रकार सम्मेलनमा आयोजकहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन २३ गते । फोर्स गाडीको बिक्रेता इन्टरकन्टिनेन्टल प्रालिबाट पीडित यातायात व्यवसायीले क्षतिपूर्तिको माग गरेका छन् । रुपाकोट यातायात व्यवसायी संघ, त्रिदेव प्रालि र दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी आफूहरु वर्षौदेखि पीडित रहेको भन्दै क्षतिपूर्तिको माग गरेका हुन् ।

दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिका महासचिव देवान राईका अनुसार इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्दैआएको गाडी बढी दुर्घटना हुनेगरेको, इन्जिन बलियो तथा तीन वर्षको वारेन्टी छ भन्दै झुक्याएर ३५ देखि ४० लाख रुपियाँभन्दा बढी असुल्ने गरेको बताउनुभयो । 

गाडीको वारेन्टी दिए पनि केही महिनामा गाडीको अवस्था बिग्रने गरेको र बारम्बार गुनासो राख्दा त्यसको सम्बोधन नगरेको उहाँको भनाइ छ । उहाँले उक्त गाडीको खरिद तथा सञ्चालनबाट सम्पूर्ण यातायात व्यवसायी डुबेको भन्दै दुःख व्यक्त गर्नुभयो । 

उहाँका अनुसार सम्पूर्ण व्यवसायीले आफ्नो जीवनभरको कमाइ र जायजेथा धितो राखेर यातायात व्यवसायीमा लगानी गरेकालाई आफूहरु व्यापारिक ठगीमा परेको भन्दै क्षतिपूर्तिको माग राखेका हुन् ।