राममणि दाहाल
मकवानपुर, साउन २१ गते । मकवानपुरको मनहरी गाउँपालिका –६ मा करेन्ट लागेर एक व्यक्तिको मृत्युभएको छ । मनहरी गाउँपालिका –६ स्थित जोगिताल पुछार टोलमा चितवनको राप्ती नगरपालिका –१ बस्ने वर्ष ३५ को लालबहादुर मोक्तानको बुधबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोक्तानले आफ्नै खेतमा लगाएको बाली जंगली जनावरबाट सुरक्षित राख्न बिजुलीको तारबाट हुक लगाई करेन्ट ल्याएकोमा उक्त नाङ्गो तारमा छुन गई करेन्ट लाग्दा घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताउनुभयो ।