प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), साउन २१ गते । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले आर्थिक वर्ष २०८१/०८२ को जिल्लास्थित सङ्घीय कार्यालयहरु तथा अन्तरसरकारी कार्यक्रम सञ्चालन र स्थानीय तहमा भएको वित्तीय हस्तान्तरणसम्बन्धी विवरण सार्वजनिक गरेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमका अनुसार चालु तर्फ १२ अर्व २२ करोड ५१ लाख ५९ हजार ३१२ रुपियाँ बजेट रहेकोमा ११ अर्व २२ करोड ४१ लाख ३८ हजार २ सय ७२ रुपियाँ ७० पैसा निकासा भएको छ जुन कुल अख्तियारी बजेटको ९१ दशमलव ८१ प्रतिशत रहेको छ । त्यस्तै पुँजीगत तर्फ बजेट एक अर्व ७६ करोड ३८ लाख १७ हजार ११ रुपियाँ रहेकोमा खर्च ८५ दशमलव ३६ प्रतिशत अर्थात् एक अर्व ५० करोड ५६ लाख ८५ हजार ७ सय ८० रुपियाँ रहेको उहाँले बताउनुभयो ।
चालु पुँजिगत तर्फ १३ अर्व ९८ करोड ८९ लाख ७६ हजार ३२३ रुपियाँ बजेट रहेकोमा १२ अर्व ७२ करोड ९८ लाख २४ हजार ५२ रुपियाँ ७० पैसा खर्च भएको कोलेनिका रौतहटले जनाएको छ । यो खर्च अख्तियारी बजेटको ९० दशमलव ९९ प्रतिशत रहेको छ । त्यस्तै रौतहटका १८ वटै स्थानिय तहको लागि कुल बित्तिय हस्तान्तरण ६ अर्व ७९ करोड २२ लाख ९४ हजार ५ सय बजेट रहेकोमा ९० दशमलब ४३ प्रतिशत अर्थात् ६ अर्व १४ करोड २२ लाख ६६ हजार ६ सय १७ रुपियाँ ७६ पैसा निकासा भएको कोलेनिका रौतहटका प्रमुख कोष नियन्त्रक गौतमले जानकारी दिनुभयो ।
रौतहटका १८ वटै स्थानीय तह तर्फ समानीकरण अनुदान दुई अर्व ८ करोड ६६ लाखको अख्तियारी बजेट रहेकोमा निकासा एक अर्व ९१ करोड ४६ लाख ६४ हजार एक सय ६० रुपियाँ रहेको छ यो रकम अख्तितारी बजेटको ९१ दशमलव ७६ प्रतिशत रहेको कोलेनिका रौतहटले जनाएको छ ।
सशर्त अनुदान तर्फ बजेट ४ अर्व ३२ करोड ५१ लाख ९४ हजार पाँच सय रहेकोमा निकासा ९० दशमलव २४ प्रतिशत भएको छ । कुल निकासा रकम तीन अर्व ९० करोड ३२ लाख ४५ हजार ३ सय सत्तरी रुपियाँ सतरह पैसा रहेको छ ।
त्यस्तै, विशेष अनुदान तर्फ २२ करोड ५५ लाख बजेट रहेकोमा २० करोड ३६ लाख ४३ हजार ५ सय ९३ रुपियाँ निकासा भएको छ । यो कुल अख्तियारी बजेटको ९० दशमलब ३० प्रतिशत रहेको छ । समपुरक अनुदान १५ करोड ५० लाख अख्तियारी रहेकोमा ७७ दशमलब ८८ प्रतिशत मात्र निकासा भएको कोलेनिका रौतहटले जनाएको छ ।
समपुरक अनुदान तर्फ कुल निकासा रकम १२ करोड सात लाख १३ हजार चार सय ९४ रुपियाँ ५० पैसा रहेको छ ।
रौतहटबाट आर्थिक वर्ष २०८१/०८२ मा एभ अर्व ४४ करोड १३ लाख दुई हजार ७ सय ६५ रुपियाँ ८७ पैसा राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका अनुसार रौतहटका २४ वटा सङ्घीय कार्यालयबाट उक्त राजस्व सङ्कलन भएको हो ।
सुशासन, पारदर्शिता कायमको लागि कार्यालयबाट सम्पादन हुने हरेक क्रियाकलाप सार्वजनिक गर्ने गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक गौतमको भनाइ छ ।