गोरखापत्र अनलाइन
मलेसिया, साउन १८ गते । नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशनले पदमराज लिम्बुको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । आइतबार भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा ङावाङ नुरी शेर्पा, उपाध्यक्षहरुमा बिक्रम वाइबा तामाङ, किसन गुरुङ र महिला उपाध्यक्षमा बिनु राई चयन हुनुभएको छ । त्यस्तै सचिवमा सन्जिब स्याङ्बो, सहसचिवमा यज्ञ कुमार रार्इ, कोषाध्यक्षमा अनिता थापा मगर र सहकोषाध्यक्षमा मिङ्मा शेर्पा चयन हुनुभएको छ ।
सोहीअनुसार सदस्यमा पेमा स्याङ्तान, निरबहादुर थामी, पल थान्टी, काँशी तमु, प्रकाश चौधरी, हमानसिं मगर, दावा शेर्पा र सागर लिम्बु चयन भएका छन् ।
बिगतझै यस बर्ष पत्रकारिता विधातर्फ सञ्चारकर्मी घनश्याम चौधरी (आरएन), समाजसेवातर्फ बलध्वज लिम्बू, कलाकारतर्फ आशिष चौधरीलाई सम्मानित गरिएको छ ।