• ११ साउन २०८२, आइतबार

टेनिस सङ्घ अध्यक्षमा मुल निर्विरोध

blog

नेपाल टेनिस सङ्घको निर्वाचित पदाधिकारीहरू । तस्बिर : राखेप

काठमाडौँ, साउन १० गते । नेपाल टेनिस सङ्घको ११औँ विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई चार वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

शनिबार भएको निर्वाचनले मुलको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन गरेको हो । मुल यसअघि नेपाल टेनिस सङ्घ, तदर्थ समितिका संयोजक हुनुहुन्थ्यो । संयोजकअघि मुल महासचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । 

उपाध्यक्षमा दिनेश तुलाधर, विनोद कायश्थ र राजु श्रेष्ठ चुनिनुभयो । महासचिवमा निरेशबहादुर श्रेष्ठ, सचिवमा अजय विष्ट र कोषाध्यक्षमा जयजीव हाडा रहनुभएको छ । 

सदस्यहरूमा प्रीति बराल, गोपालप्रसाद ज्ञवाली, अशोक गुरुङ, प्रवीण वैद्य, रविन प्रधान, गोकुल श्रेष्ठ, कविन्द्र पन्त, निशान्तकुमार लामिछाने र सुन्दरबहादुर केसी रहनुभएको छ । 

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले शुभकामना दिनुभयो ।

निर्वाचित पदाधिकारीलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

यसअघि ललितपुरमा भएको साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभएको थियो ।