• ११ साउन २०८२, आइतबार

धनकुटामा तीन सय ३६ उद्योग बन्द

blog

सन्तोष सुवेदी

पाख्रीबास (धनकुटा), साउन १० गते । गएको आर्थिक वर्ष २०८१-८२ मा धनकुटामा तीनसय ३६ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको एक तथ्याङ्क अनुसार जिल्लामा सो संख्यामा उद्योग बन्द भएका हुन् ।

आर्थिक वर्षमा प्रशासनतर्फ एक सय ४१ उद्योग बन्द भएका छन् । त्यस्तै वाणिज्यतर्फ ९६ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा धनकुटामा एक सय ३४ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा वाणिज्यतर्फ ३५ र प्रशासनतर्फ १९ उद्योग नयाँ दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी विकास कार्कीले जानकारी दिनु भयो ।

उहाँका अनुसार उत्पादक मूलक ९ वटा, कृषि तथा वन ४४ वटा, पर्यटन १६ वटा र सेवामूलक ३० वटा गरी प्रशासनतर्फ ९९ सय उद्योग नयाँ दर्ता भएको बताउनु भयो । यस्तै वाणिज्यतर्फ खाद्यान्न र किराना गरी जम्मा ३५ उद्योग नयाँ दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा धनकुटाका अनुसार प्रशासनतर्फ छ सय ५५ र वाणिज्यतर्फ दुई सय ९६ गरी जम्मा ९ सय ५१ उद्योग नवीकरण भएका छन् । कार्यालयले ४१ लाख ६६ हजार ४ यस २० रुपियाँ राजश्व सङ्कलन भएको छ ।

कार्यालयमा  आर्थिक वर्ष २०८०-८१ मा ३ सय २१ उद्योग दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा भने गत आर्थिक वर्षमा उद्योग दर्ताक्रम दोब्बर भन्दा बढीले घट्दो अवस्थामा रहेको छ ।