काठमाडौँ, साउन ६ गते । संयुक्त अधिराज्य (बेलायत) मा बसोबास गर्दै आउनुभएका विनोद बरालद्वारा लिखित ‘मःमःका पाइलाहरू’ विमोचन गरिएको छ ।
लन्डनस्थित बिजनेस डिजाइन सेन्टरको ‘दी नेसनल जियोग्राफिक ट्राभलर फुड फेस्टिभल’ मा साहित्यकार युवराज नयाँघरे, समाजसेवी नवीन गुरुङ, लेखक बराल, उद्यमी जनक राई, तारा वाइबालगायतले कृति विमोचन गर्नुभयो । सो क्रममा नयाँघरेले हरेक परिकारसँगै देश, संस्कृति र आफ्नो मौलिकता रहेको बताउँदै पुस्तकमार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको उल्लेख गर्नुभयो । लेखक बरालले आफू नेपाली परिकारलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सधैँ क्रियाशील भइरहने बताउनुभयो ।