• ६ साउन २०८२, मङ्गलबार

माथिल्लो काबेली जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’

blog

‘ब्रेक थ्रु’ गरिएको माथिल्लो काबेली जलविद्युत् आयोजनाको सुरुङमार्ग । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, असार ६ गते ।
माथिल्लो काबेली जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ । ताप्लेजुङको सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकामा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाको इन्टेकदेखि अडिटसम्मको एक हजार सात सय ७२ मिटर लामो सुरुङमार्ग मङ्गलबार ‘ब्रेक थ्रु’ भएको हो ।

अडिटबाट आउटलेटसम्मको सुरुङमार्ग निर्माण धमाधम भइरहेको आयोजनाका व्यवस्थापक प्रकाश ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार अहिले अडिटबाट आउटलेटसम्मको एक हजार तीन मिटर सुरुङमार्गको काम धमाधम भइरहेको छ ।

जलविद्युत् आयोजनाका व्यवस्थापक ढुङ्गानाले २८.१ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको इन्टेकदेखि अडिटसम्मको सुरुङमार्ग ‘ब्रेक थ्रु’ सँगै निर्माण कार्य अझै गति लिने उहाँले बताउनुभयो ।

सिरिजङ्घा गाउँपालिकाको सिनाम, आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्वा गाउँपालिकाको लिम्बूदिन र मेहेले आयोजनाको मुख्य क्षेत्र रहेको ढुङ्गानाले जानकारी दिनुभएको छ । आयोजनाको कुल लागत पाँच अर्ब ६४ करोड रुपियाँ रहेको छ ।