• १७ असार २०८१, सोमबार

डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व

blog

तनहुँ, असार ५ गते । अविरल वर्षाका कारण सडक भासिएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–८ बलिफाँटमा पानीले खोतेलेर सडक भासिएपछि आइतबार बिहान ४ बजे देखि सडक अवरुद्ध भएको प्रहरी चौकी बाइसजङघारका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिनुभयो ।

 तनहुँको डुम्रे बजार र लमजुङको बेँसीसहर जोड्ने सो सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् । यो सडकले तनहुँका अतिरिक्त लमजुङ, गोरखा र मनाङ जिल्लाका धेरै भू–भाग यो सडकले जोडेकोले स्थानीयबासी प्रभावित भएको थापाले जानकारी दिनुभयो । 

सडक विभाग यात्रिन्क कार्यालय डुम्रे, सडक डिभिजन कार्यालय लमजुङलाई सडकको अवस्थाबारे जानकारी गराई सकिएको छ । सडकको धेरै भाग भासिएकोले दुई तर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । 


Author

अमरराज नहर्की