• ६ जेठ २०८१, आइतबार

शिक्षकको लगनशीलताले नमुना बन्दै बालपञ्च माबि

blog

कोकिला भण्डारी

धनकुटा, असार ४ गते । शिक्षकको लगनशीलता, युवा समुहका शिक्षक, सामुहिक  निर्णय लगायतका कारण बालपञ्च माध्यमिक विद्यालय नमुना विद्यालयका रुपमा छनौट भएको  छ । पुराना संरचनाहरुमा परिवर्तन गर्दै नयाँ भवन निर्माण गरी बिद्यालयको नियमित पठनपाठन कार्य सञ्चालन भइरहेको जिल्लाको पाख्रीबास नगरपालिका २ सान्नेस्थित बालपञ्च माध्यमिक बिद्यालय क्षेत्र यतिवेला नमुना माध्यमिक बिद्यालय बन्दै गइरहेको छ । 

यस बिद्यालयमा बिद्यालयका शिक्षक तथा शिक्षिकाको जन्मदिन मनाउने गरिएको छ । सो जन्मदिनको उपलक्ष्यमा शौन्दर्यमुलक फूलको विरुवा वा कुनै पनि बिरुवा बिद्यालयलाई गमलामा रोपेर उपहारस्वरुप उपलब्ध गराउनु पर्ने नियम सबैभन्दा उल्लेख्य छ ।

बिद्यालयलाई कसरी ब्यवस्थित गर्ने भन्ने बिषयमा अध्ययनका लागि समेत बिद्यालयलाई नमुनाका रुपमा लिन सकिने यस बिद्यालयले बिद्यार्थीको चाहना र आवश्यकतालाई ध्यानमा राखी सानो तर ज्यादै ब्यवस्थित आफ्नै पुस्तकालय सञ्चालनमा ल्याएको छ ।

बिद्यार्थीलाई बिज्ञानमा प्रयोगात्मक कार्यकालागि भन्दै साईन्स ल्यावको स्थापना गरी सञ्चालनमा ल्याएको छ, जसले विद्यार्थीलाई फाईदा पुगेको छ । यसैगरी बिद्यालयमा हरेक बिद्यार्थीलाई अनिवार्य कम्युटर शिक्षाका लागि कम्युटर ल्याबको समेत स्थापना गरी त्यसमा सीसी क्यामरा जडानसहित पढाउने ब्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक भरतमोहन अधिकारीले जानकारी दिनुभयो । 

उहाँकाअनुसार यस क्षेत्रमा निजि विद्यालय नभएकाले साना बालबालिकालाई समेत बिद्यालयले शिशु कक्षाको सेवा उपलब्ध गराउँदैआएको छ । बिद्यालयलाई नीति नियम तथा अनुशासनमा रही शिक्षक तथा शिक्षिकाले पढाउने र बिधार्थीलाई बुझाउने, बिद्यालयलाई ब्यवस्थित रुपमा सञ्चालन गरेकै कारण बिधालय नमुना बन्दैगएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चुडामणी पुलामी मगरले जानकारी दिनुभयो ।