• ५ साउन २०८१, शनिबार

कोदालोले खनेर मात्र बिरुवा हुर्किन्न – मुख्यमन्त्री केसी

blog

कपिलवस्तुमा लुम्बिनी प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसी वृक्षारोपण गर्नुहुँदै । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असार २ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोदालोले खनेर मात्र बिरुवा नहुर्किने बताउनुभएको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका ८ मधुवनधामको आठौँ चुरे दिवसको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले प्रदेशका नदीको किनारालाई ब्याम्बाे जोन बनाउनेसमेत बताउनुभएको छ । प्रदेशभरका सम्पूर्ण नदीनालाको दायाँबायाँ किनारमा बाँस रोपेर ब्याम्बाे जोन बनाउने र ५ देखि १० वर्षभित्र स्थानीय निकायले बाँस निर्यात गर्ने दाबी गर्नुभएको थियो । 

मुख्यमन्त्री केसीले नदीको छेउछाउमा बाँस र बीचमा अम्रिसो लगाउन सल्लाहसमेत दिनुभयो । 

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका सदस्य डा. सुस्मिता भुसालले वृक्षरोपणपछि बिरुवा हुर्काउनको लागि समुदाय र स्थानीय सरकारले अपनत्व लिनुपर्ने बताउनुभयो । चुरे क्षेत्रको संरक्षणको लागि सरकार र विभिन्न निकायले करोडौँको लगानी गरेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले अत्यधिक चुरे दोहनले वातावरणमा असर गरेको बताउनुभयो । सो अवसरमा ८ हजार विरुवा वृक्षरोपण गरिएको थियो । सिसौ, खयर, बडहर, बनाइनो, इपिलिपीलगायतका बिरुवा लगाइएको थियो ।