• १० असार २०८२, मङ्गलबार

प्रम ओलीद्वारा गायक थापालाई बधाई

blog

कास्की समाचारदाता

कास्की, असार १० गते ।  पछिल्लो समय बालकदेखि वृद्धसम्मको मुखमा झुन्डिएको एउटा गीत हो, ‘दुस्मन हेरेको हेर्‍यै ।’ गायक तथा परफर्मर दुर्गेश थापाले पाँच महिनाअघि सार्वजनिक गरेको यो गीत १० करोड क्लबमा प्रवेश गरेको छ । नेपाली गीत/सङ्गीतको क्षेत्रमा सबैभन्दा छिटो १० करोड पुगेको पहिलो गीत बन्न पुगेको छ । 

‘दुस्मन हेरेको हेर्‍यै’ गीतले युट्युबमा १० करोड भ्युज पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत सर्जक थापालाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत लेख्नुभएको छ, “नयाँ पुस्ताले बेग्लै स्वादका गीत/सङ्गीतमा रुचि देखाउन थालेको ‘दुस्मन हेरेको हेर्‍यै’ गीतबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको सङ्ख्या पाँच महिनामा एक सय मिलियन (१० करोड) पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई ।” दुर्गेशले पनि प्रधानमन्त्रीको उक्त स्टाटस सेयर गर्दै आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको बताउनुभएको छ ।