• ५ साउन २०८१, शनिबार

एक स्थानीय तह एक खेल पूर्वाधार : मन्त्री पौडेल

blog

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल संसदमा जवाफ दिनुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ ३१ गते । युवा तथा खेलकुद मन्त्रीको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संसदमा जवाफ दिनुभएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) रुसको भ्रमणमा रहनुभएकाले उहाँको प्रतिनिधित्व गर्दै मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पौडेलले दिनुभएको हो । 

प्रश्नको जवाफ दिदैं पौडेलले एक स्थानीय तह एक खेल पूर्वाधार निर्माण गर्ने निति अनुसार आगामी आर्थिक वर्षमा १७१ वटा पालिकामा बजेट विनियोजन गरीएको बताउनुभयो ।

युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार प्रदान गर्ने उद्देश्यले थप १२ हजार जनालाई कर्जा उपलब्ध गराई ब्याज अनुदान दिने तथा ति ब्यवसायीको र ब्यवसायको शुरक्षाकालागि बिमाको ब्यवस्था मिलाईएको समेत जानकारी दिनुभयो।