• ५ साउन २०८१, शनिबार

टेनिसमा नेपालको अर्को पराजय

blog

टेनिसमा प्रतिस्पर्धा गर्दै श्रीलंकाकी अकिसा सिल्भा ।

काठमाडौं, जेठ ३१ गते । नेपालले आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ । नेपालको छात्र/छात्रा दुवै टोलीले अर्को पराजय भोगेको हो । सोमबार नेपाल छात्रमा श्रीलंकासँग ३–० तथा छात्रामा माल्दिभ्ससँग २–१ ले पछि परेको थियो ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको छात्रको प्रतिस्पर्धामा पाकिस्तानले नेपाललाई ३–० ले हरायो । सिंगल्समा रिज्वानले आर्दित नेपाललाई ६–१, ६–० तथा तल्हाले वृजेश अर्याललाई ६–१, ६–० को सोझो सेटमा हराउनुभयो । डबल्समा ओमर जावद र तल्हाको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६–०, ६–० को सीधा सेटमा पन्छाउनुभयो । भारतले बंगलादेश तथा माल्दिभ्सले भुटानलाई समान ३–० ले पाखा लगायो । 

छात्रामा श्रीलंकाले नेपालमाथि ३–० को जित निकाल्यो । सिंगल्समा अकिसा सिल्भाले प्राज्ना मानन्धरलाई ६–०, ६–३ तथा उस्गोडाले शिभाली गुरुङलाई ४–६, ६–१, ६–१ को सेटमा स्तब्ध बनाउनुभयो । डबल्समा सिल्भा र उस्गोडाको जोडीले प्राज्ना र कर्मिस्था नुगाह श्रेष्ठको जोडीलाई ६–२, ६–० ले पाखा लगाउनुभयो । अन्य खेलमा बंगलादेशले भुटानलाई २–१ तथा भारतले माल्दिभ्सलाई ३–० ले पराजित गरेको छ ।