• ५ साउन २०८१, शनिबार

मञ्चको नवनिर्वाचित कार्यसमितिलाई राखेपको बधाई

blog

बधाई कार्यक्रममा राखेप सदस्यसचिव टंकलाल घिसिङसँग मञ्चका नवनिर्वाचित पदाधिकारीहरु । तस्बिर : राखेप

काठमाडौं, जेठ ३१ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्चको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको सम्मानमा मंगलबार स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ । 

त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भएको कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिङले कार्य समितिका पदाधिकारीलाई कार्यकालको पूर्ण सफलताको शुभकामना दिनुभयो । कार्यक्रम सदस्यसचिव घिसिङले खेलकुदको विकास र विस्तारमा खेल पत्रकारको भूमिका पनि महत्वपूर्ण हुने हुँदा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले सबैले खेलकुदको हित र खेलाडीलाई नै केन्द्र विन्दूमा राखेर काम गर्नुपर्ने बताउँदै एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएपनि परिषद्ले खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताउनु भयो । उहाँले यस तयारी अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि उपयोगी हुने धारणा राख्नुभएको छ ।