• १६ चैत २०८०, शुक्रबार

रलिङ मेलाका लागि हेलिकोप्टर उडान

blog

रलिङतर्फ हेलिकोप्टरबाट जाने तयारीमा सिमकोट विमानस्थलमा दर्शनार्थी । तस्बिर - राजन रावत, हुम्ला

राजन रावत

हुुम्ला, जेठ ३१ गते । धार्मिक तथा पर्यटकीय क्षेत्र रलिङ गुम्बामा लाग्ने मेलाका लागि हेलिकोप्टर उडान स्थानीय स्तरमा सुुरु भएको छ । धार्मिक मेला लाग्ने र आन्तरिक पर्यटकहरु गुुम्बाको अवलोकन गर्न जाने भएपछि हेलिकोप्टरले उडान भएको हो । 

रलिङ मेला हेर्न जानुुभएका सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भाम रोकायाले रलिङका लागि दुुई वर्ष कोरोनाको कारण रोकिएको हेलिकोप्टर उडान सुुरु भएपछि जान पाइएको बताउनुुभयो । उहाँले उक्त पर्यटकीय क्षेत्रमा पहिले पैदल जाने गरिएको भए पनि अहिले हेलिकोप्टर उडान हुनेपछि सहज भएको बताउनुुभयो ।

उहाँले एकतर्फी उडान भाडा भने पाँच हजार पाँच सय लिने गरेको बताउनुुभयो । दुुईतर्फ आवतजावत गर्नेले भने एघार हजार रुपियाँ भाडा तिर्नुपर्नेछ । उहाँले नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रमुख मनोज डङ्गोलका अनुुसार मङ्गलबार चार बजेसम्म तीस वटा उडान भरेको छ भने उडान भर्ने कार्य बेलुुका सात बजेसम्म हावा नलागेसम्म जारी रहने बताउनुुभयो ।

प्रति उडान पाँच जना यात्रुु ओसार्ने भएको कारण एक सय पचास जना यात्रुुले हेलिकोप्टर चढ्नुुभएको छ । मङ्गलबार रलिङ जाने काम मात्र हुनेछ भने बुुधवार यात्रुु फिर्ता हुुनेछ । अन्य बेला पनि आन्तरिक पर्यटकहरुले हेलिकोप्टर उडानबाट गुम्बा तथा पर्यटकीय स्थलहरुको दर्शन र अवलोकन गर्दै आउनुुभएको छ ।