• १३ असार २०८१, बिहिबार

प्रधान सेनापति र इण्डोनेसियाका गैरआवासीय राजदूतबीच भेटवार्ता

blog

काठमाडौं, जेठ २७ गते । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि इण्डोनेसियाका गैरआवासीय राजदूत हेरु हार्टएन्टो सुबोलोबीच भेटवार्ता भएको छ ।

शुक्रबार जङ्गी अड्डामा भएको भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।