• ८ जेठ २०८१, मङ्गलबार

ट्यांकी सफा गर्दा दुई युवाको मृत्यु

blog

भरतपुर, जेठ २६ गते । सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगर पालिका वडा नम्वर १९ स्थित तमु टोलकी रामप्यारी गुरुङ्गको  घरमा  सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा चिप्लिएर एक र उनको उद्धार गर्ने क्रमममा दोस्रोको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार मृत्यु हुनेमा कपिल वस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्वर ९ बस्ने वर्ष २४ को छतिराम थारु र २३ वर्षका राम चौधरीको मृत्यु भएको हो । 

उनिहरु नाताले साला भेना हुन् । लामो समय देखि चितवनमा सेफ्टी ट्याङ्की सरसफाइ गर्ने काम गर्दै आएका यि दुइ साला भेना बुधवार साँझ पनि ट्याङ्की सफा गर्न गुरुङको घरमा पुगेका हुन् ।