• ४ वैशाख २०८२, बिहिबार

दुई कृति सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २७ गते । प्रदीप आर तुलाधरको नेपाल भाषाका दुई कृति ‘ख्युंथाय् चिलाख च्याइ’ (अन्धकारमा मसाल बल्छ) गजलसङ्ग्रह र ‘मिखा तिस्सीमाःगु ई’ (आँखा चिम्लिदिनुपर्ने समय) लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । नेपाल भाषा एकेडमीका भाइस चान्सलर पुष्पराज राजकर्णिकारलगायतले च्वसापासा काठमाडौँमा सामूहिक विमोचन गरेको छ ।

साहित्य समाजको ऐना मात्र नभई लेखक सामाजिक रूपान्तरणको एक जना कार्यकर्ता भएको प्रमुख अतिथि राजकर्णिकारले बताउनुभयो ।

साहित्य सिर्जना गर्दा लेखनशैली नीतिगत र नियमसङ्गत हुनुपर्ने गजलकार भूषणप्रसाद श्रेष्ठले बताउनुभयो । कार्यक्रममा दुई कृतिको ध्रुव मधिकर्मी र पूर्ण ताम्राकारले सङ्क्षिप्त समीक्षा गर्नुभएको थियो ।