काठमाडौँ, चैत २६ गते । घरेलु मैदानमा हुने आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दै सुरुवात गर्नेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले मङ्गलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल अप्रिल १३ तारिख युएई, दोस्रो खेल १६ मा हङकङ र १९ तारिख अफगानिस्तानसँग खेल्नेछ ।
छनोट खेल माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । क्यानले छनोट खेलका लागि मङ्गलबार नै नरेन भट्टको कप्तानीमा अन्तिम खेलाडी टोलीको घोषणा गरेको छ ।