• ७ जेठ २०८१, सोमबार

महानगर प्रमुख साह र मुख्यमन्त्री पाण्डेबीच भेट

blog

काठमाडौं, जेठ २२ गते । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौँ महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीले जानकारी दिनुभयो ।

यस्तै, भेटमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको बताइएको छ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित साहले आफू निर्वाचित भएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेता एवम् प्रदेश सरकारका प्रमुखसँग भेटवार्ता गर्दै आउनुभएको छ ।