• १२ चैत २०८१, मङ्गलबार

नागेन्द्र र रचनाको ‘यती माया गरौंकी तिमीलाई’ सार्वजनिक

blog

काठमाडौँ, चैत १० गते। गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको यती माया गरौंकी तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ।  गीतकार सिएल शर्माका शब्द सृजना रहेको गीतमा  गायक  श्रेष्ठ स्वयमकै संगीत,  याकुब तामाङको एरेन्ज तथा दिनेश न्यौपानेको मिक्सिङ तथा मास्टरिङ रहेको छ।  

भिडियोमा  मोडलद्वय प्रबिन डिसी र समीक्षा न्यौपानेको अभिनय रहेको छ। जशबहादुर याक्ख्याको निर्देशन रहेको भिडियोको छायांकन कालिन्चोकमा गरिएको हो। गायक तथा संगीतकार श्रेष्ठ प्रवासमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय हुनुहुन्छ।  

उहाँका आधा दुःख घटाएर, तिमी बिना,  तिमी सुस्तरी, बाँचुन्जेल, उड्ने रहर, तिम्रो बारे, सुस्तरी सुस्तरी, थोपा, जिन्दगीकी रहोमे, वैशाखे घाम, लगायतका गीत अफिसियल च्यानलबाट बजारमा आइसकेका छन्। 

सार्वजनिक गीतमा ज्ञानेन्द्र हुमागाई र सन्तोष तिमल्सिनाको छायांकन तथा मिन रावलको सम्पादन रहेको छ।  सन्तोष रनबाहको कोरियोग्राफी रहेको गीतको भिडियो गायक स्वयमकै अफिसियल च्यानलबाट बजारमा आएको हो।