• ४ जेठ २०८१, शुक्रबार

अन्तःशुल्क, भन्सार, आयकर र मूल्य अभिवृद्धि करसम्बन्धी नियमावली संशोधन

blog

काठमाडौं, जेठ १६ गते । सरकारले अन्तःशुल्क, भन्सार, आयकर र मूल्य अभिवृद्धि करसम्बन्धी नियमावलीमा संशोधन गरेको छ ।

सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले मूल्य अभिवृद्धि कर (चौबीसौं संशोधन), नियमावली २०७९, अन्तःशुल्क (तेइसौं संशोधन) नियमावली, २०७९, भन्सार (तेह्रौं संशोधन) नियमावली, २०७९ र आयकर (तेह्रौं संशोधन) नियमावली, २०७९ स्वीकृत गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठक आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

यसैगरी, सुरक्षा मुद्रण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश, २०७९को दफा ६ को उपदफा (३क) बमोजिम सुरक्षा मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकास पौडेलको पदावधि एकपटकको लागि थप गरिएको छ ।

त्यस्तै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा पदाधिकार रहेका प्रमुख कन्सलटेण्ट अब्स्टे«टिक्स एण्ड गाइनोकोलोजिस्ट डा. जागेश्वर शर्मा गौतमले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।