• ६ वैशाख २०८२, शनिबार

अन्तर्राष्ट्रिय टेबलटेनिसमा ४०२ खेलाडी

blog

काठमाडौँ, फागुन ६ गते  सातौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता फागुन १२ गतेदेखि १७ सम्म हुने भएको छ । 

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसिहत भारतबाट ८५ पुरुष, ४८ महिला गरी ४०२ खेलाडीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

सहभागी खेलाडीले महिला/पुरुष एकल, महिला/पुरुष टिम इभेन्ट, पुरुष भेट्रान्स एकल (४० वर्षमाथि), महिला भेट्रान्स एकल (४० वर्षमाथि), पुरुष भेट्रान्स एकल (५५ वर्षमाथि) यु–१६ छात्र र छात्रा एकल गरी नौ विधामा प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितानमा महिला/पुरुष एकलका साथै महिला र पुरुष टिम इभेन्टसतर्फका शीर्ष तीन खेलाडीले क्रमश: ५० हजार, २५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै भेट्रान्सतर्फका शीर्ष तीनले १० हजार, पाँच हजा र तीन हजार तथा यु–१६ छात्र र विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्नेले  २०, १० र पाँच हजार रुपियाँ प्राप्त गर्नेछन् ।