काठमाडौँ, फागुन ५ गते । च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले गार्डेन स्टेट कराते च्याम्पियनसिप–२०२५ मा दुई रजत र दुई कांस्य गरी चार पदक जितेको छ ।
११औँ दक्षिण एसियाली खेलकुद र १३औँ एसियाली प्रशान्त सितोरियो कराते च्याम्पियनसिपका स्वर्ण पदक विजेता सुनील लामा प्रशिक्षक रहेको च्याम्पियन टोलीले चार पदक जितेको हो ।
लामाका छोरा याङतेन लामाले १०–११ वर्ष उमेर समूहको कुमितेमा रजत र कातामा कांस्य पदक जित्नुभयो । युवा डिभिजनमा राइडेन थापा मगरले पाँच वर्ष मुनि कुमितेमा रजत पदक तथा ६–७ वर्ष उमेर समूहको कुमितेमा अभिर महर्जनले कांस्य पदक जित्नुभयो ।
जुनियर खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको र प्रशिक्षणमा आफुले लगाएको परिश्रमको प्रतिफल मिलेको प्रशिक्षक सुनीलले बताउनुभयो ।