गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २ गते । नेपाल भाषाको दुई म्युजिक भिडियो सार्वजनिक भएको छ । जनकवि दुर्गालाल श्रेष्ठको रचनामा ‘पुलुक्क खनेवं’ (पुलुक्क देख्दैमा) र प्रकाशदीप श्रेष्ठको रचनामा ‘गुलि हिसि दुम्ह भाजु’ (कति हिस्सी परेको केटो) सार्वजनिक भएको हो । दुइटै गीतमा वरिष्ठ तबलावादक मनराजा नकःमिले सङ्गीत दिनुभएको छ भने स्वर सिर्जना श्रेष्ठको रहेको छ ।
वरिष्ठ गायक जुजुकाजी रञ्जितको सभापतित्वमा प्रकाश गुरुङका साथै वरिष्ठ सङ्गीतकर्मीको उपस्थितिमा सार्वजनिक भएको म्युजिक भिडियोमध्ये दुर्गालालको गीतमा आधुनिकता झल्केको छ । प्रकाशदीपको गीतमा मौलिकता झल्केको सङ्गीतकार नकःमिले बताउनुभयो । गुरुङले गीतको शब्द छनोट राम्रो भएकाले चलचित्रका लागि उपयुक्त भएको भन्दै म्युजिक भिडियो भाइरल नभई जनहितमा हुनुपर्ने बताउनुभयो ।