• १ फागुन २०८१, बिहिबार

रासस समाचार बुलेटिन कक्ष सर्वसाधारणका लागि खुला हुने

blog

काठमाडौँ, फागुन १ गते । राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो ६४औँ वार्षिकोत्सवका अवसरमा ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन’ कक्ष सर्वसाधारणका लागि खुला गर्ने भएको छ । वार्षिकोत्सव मूल समारोह आयोजक समितिको निर्णयानुसार यही फागुन ७ गते रासस केन्द्रीय कार्यालय, भद्रकाली प्लाजामा हुने एक कार्यक्रमकाबिच बुलेटिन कक्ष खुला गरिने भएको हो ।

आमसर्वसाधारणले कार्यालय खुल्ने समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म नेपाली, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचारसँग सम्बन्धित रासस बुलेटिन अध्ययन गर्न पाउने छन् । रासस स्थापना भएको दिन २०१८ साल फागुन ७ देखि हालसम्मको समाचार सामग्री बुलेटिन कक्षमा राखिएको व्यवस्थापनले जनाएको छ । रासस