• ३० माघ २०८१, बुधबार

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी

blog

पेरिस, माघ ३० गते ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन र दिगो एआई काउन्सिल स्थापना गर्ने निर्णयको स्वागत गर्नुभएको छ । 

प्रधानमन्त्री मोदीले भन्नुभयो,“म एआई फाउन्डेसन र काउन्सिल फर सस्टेनेबल एआई स्थापना गर्ने निर्णयको स्वागत गर्दछु । म फ्रान्स र मेरा प्रिय मित्र राष्ट्रपति म्याक्रोनलाई यी पहलका लागि बधाई दिन्छु र हाम्रो पूर्ण समर्थनको आश्वासन दिन्छु ।”

पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सह–अध्यक्षता गर्नुभएको एआई एक्सन शिखर सम्मेलनमा आफ्नो समापन सम्बोधनमा प्रधानमन्त्री मोदीले थप्नुभयो,“आजको छलफलले एउटा कुरा बाहिर ल्याएको छ । सरोकारवालाहरूका उद्देश्यमा एकता छ ।”

“अर्को शिखर सम्मेलनको आयोजना गर्न भारत खुसी हुनेछ,” प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभयो । 

“शिखर सम्मेलन एआई वरिपरि अर्थपूर्ण वार्तालापहरूलाई बढावा दिनको लागि सराहनीय प्रयास थियो । पेरिसमा एआई एक्सन शिखर सम्मेलनमा विश्व नेता, नीतिनिर्माता, विचारक, आविष्कारक र युवाहरूलाई एआई वरिपरि अर्थपूर्ण कुराकानी गर्न एकसाथ ल्याउने प्रशंसनीय प्रयास हो ।”  रासस/एएनआई