• २ असार २०८१, आइतबार

निर्वाचनपछि काममा फर्किए मजदुर

blog

हुुम्ला समाचारदाता

हुुम्ला, जेठ १२ गते ।  स्थानीय तहको निर्वाचनका बेला मतदानमा सहभागी हुन आआफ्ना घर आएका सडक मजदुर निर्वाचन सकिएपछि काममा फर्किएका छन् । मजदुर घर आएपछि रोकिएको सडक निर्माणको काम निर्वाचन सकिएकाले सुुचारु हुँदा कामदार साइटमा फर्किएका हुन् ।

कर्णाली कोरिडोरको खार्पुदेखि लालीबगरखण्डको बोक्चे गौँडामा काम गर्दै आएका खार्पुनाथका मजदुर पर्वते विकले निर्वाचनले गर्दा केही दिनका लागि रोकिएको सडक निर्माणको काम सुुचारु भएकाले काममा फर्किएको बताउनुुभयो । बोक्चे गौँडामा २५ जना कामदारले सडक निर्माणको काम गर्दै आएका छन् । मजदुर विकले निर्वाचन सम्पन्न भएपछि रोजगारीका लागि पहिलेबाटै गर्दै आएको काममा रातदिन खटिन सुुरु भएको बताउनुभयो ।

सो खण्डमा निर्माण कम्पनीले चट्टानी भीरमा सेनाको समन्वयमा विस्फोट गर्ने, चट्टानको लेभल मिलाउन प्वाल खोप्ने, सडक छेउमा ग्याबिन भर्ने र गारो लगाउने काम भइरहेको छ । कर्णाली कोरिडोरको खार्पु–लाली बगरखण्डमा आठ किलोमिटर चट्टानी भीरसहितको क्षेत्रमा तीन वर्षदेखि निर्माणको काम हुँदै आएको छ । सडक निर्माणको जिम्मा पाएका तीनवटा निर्माण कम्पनीमध्येको एक कङ्ग्री निर्माण सेवाका प्रतिनिधि कुलबहादुुर लामाले काम अन्तिम चरणमा पुुगेको बताउनुुभयो । उहाँले निर्माण कम्पनीले जिम्मा पाएको काममध्ये ट्र्याक खोल्ने काम पूरा भएको र त्यसलाई विस्तार गर्ने काम अहिले कामदार तथा मेसिनबाट भइरहेको जानकारी दिनुभयो ।