• ७ जेठ २०८१, सोमबार

'धोकेबाजको राज्य' सार्वजनिक

blog

काठमाडौं, जेठ ७ गते । सुनिल बिसीको नयाँ गीत 'धोकेबाजको राज्य' सार्वजनिक गरिएको छ । गीत सुनील बिसीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

प्रमोद खरेलको स्वर रहेको गीतमा लय तथा शब्द सङ्गीत सुनिल बिसीको र शिल्पा पोखरेल, अभी लामाको अभिनय रहेको छ ।

क्रान्ती केसीले निर्देशन गर्नुभएको गीतको म्युजिक भिडियो 'ब्रान्डरुट इन्टरटेनमेन्ट'ले बजारमा ल्याएको हो ।