• १३ साउन २०८१, आइतबार

थप ११ जनामा कोरोना सङ्क्रमण

blog

काठमाडौं, जेठ ६ गते । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार तीन सय जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ५७४ जनाको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमणदर शून्य छ ।

२४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित १४९ छन् ।