• ६ जेठ २०८१, आइतबार

सरुवा रोग अस्पतालले आइतबार बिदा नदिने

blog

काठमाडौं, जेठ ६ गते । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आइतबार बिदा नदिने निर्णय गरेको छ ।

अस्पतालले सूचना निकाल्दै सार्वजनिक बिदाबाहेक अन्य दिन बहिरङ्गलगायत अन्य सेवा नियमित सञ्चालन हुने जानकारी दिएको हो । 

सरकारले दुई दिन बिदा दिने निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुँदा सार्वजनिक बिदाबाहेक अन्य दिन अस्पताको बहिरंगलगायत सम्पूर्ण सेवाहरु अर्को सूचना नभएसम्म नियमित सञ्चालन हुने निर्णय गरेको अस्पतालका निर्देशन डा. मनीषा रावलले बताउँनुभयो ।

यसअघि कान्ति बाल अस्पताल, प्रदेश अस्पताल सुर्खेत, आयुर्वेद चिकित्सालय नरदेवी, भरतपुर अस्पताल, कान्ती बाल अस्पताल, शिक्षण अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, सेती प्रदेशिक अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग लगायतका अस्पतालले पनि विभिन्न कारण देखाउँदै आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेका छन् ।

मन्तिपरिषद्को वैशाख १३ गतेको निर्णय अनुसार गृह मन्त्रालयले वैशाख २६ गते नेपाल राजपत्रको सूचनामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

हप्तामा दुई दिन बिदा कार्यन्वयन भएपछि भने कार्यलय समय सोमबारदेखि शुक्रबार समम बिहान ९ः३० देखि ५ः३० सम्म तोकेको छ । सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यलय समय ९ः३० देखि ४ः३० सम्म तोकेको छ ।

२०७९ मा निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सारलगाएतले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलान आग्रह गरेको छ ।

यस्तै, सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिइने राजपत्रमा उल्लेख गरेको छ ।