• १३ असोज २०८१, आइतबार

'लाइफ इन एलए' आजदेखि प्रदर्शनमा

blog

काठमाडौं, जेठ ६ गते । सूर्य एन श्रेष्ठकाे निर्देशनमा बनेको चलचित्र 'लाइफ इन एलए' आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्म अमेरिकाको एलएमा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायाङ्कन गरिएको हो ।

विभिन्न सिलसिलामा अमेरिका पुगेका नेपालीको कथालाई प्रस्तुत गरिएको यस चलचित्रमा व्यास बिस्सु, शिल्पा मास्के, अकेशा विष्ट, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ ।व्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई अभिनेता व्यास आफैंले निर्माण गर्नुभएको हो । दीपक वली एसोसियट निर्देशक रहेको फिल्मको कार्यकारी निर्माता संसार सुवेदी र निर्माता राजेन्द्र ठकुराठी हुनुहुन्छ । 

चलचित्रमा भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन छ ।