• ४ जेठ २०८१, शुक्रबार

गौर नगरप्रमुखमा नेकपा एसका साह निर्वाचित

blog

सञ्जयकुमार मिश्र
गौर, जेठ ५ गते ।
रौतहटको गौर नगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार शम्भु साह विजयी हुनुभएको छ ।

गौर नगरपालिकाको मतगणना परिणाम अनुसार नेकपा एसका उम्मेदवार साहले छ हजार ३८१ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजयकुमार गुप्ताले तीन हजार७५५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, गौर नगरपालिकाको उपप्रमुखमा नेकपा एसकै शैलकुमारी देवीले निर्वाचित हुनुभएको छ । उहाँले चार हजार ८०९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शाहजाहा खातुनले तीन हजार ६८५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, रौतहटको राजदेवी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का भिखारी यादवले सात हजार ५२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धिरेन्द्र सिंहले तीन हजार ७०७ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का राजकुमारी देवीले पाँच हजार ८४२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अर्चना कुमारी यादवले तीन हजार १४९ मत प्राप्त गर्नुभएको राजदेवी निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ओमप्रकाश यादवले बताउनुभयो ।