• ८ जेठ २०८१, मङ्गलबार

बाणगङ्गा नगरपालिकामा एमाले विजयी

blog

कपिलवस्तुको वाणगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजयी चक्रपाणि अर्याल र रिता कुमारी थारु । तस्विरः जानु पाण्डे

कपिलवस्तु जेठ ५ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । नगरप्रमुखमा चक्रपाणि अर्याल र उपप्रमुखमा रीताकुमारी थारु विजयी हुनुभएको छ ।

अर्यालले १८ हजार ९९९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गर्नु भएको थियो । त्यसै गरी उपप्रमुखमा एमालेकै रीताकुमारी थारुले १९ हजार ३९८ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसकी तारावती थारुले १८ हजार ४६४ मत प्राप्त गर्नुभएको थियो । 

नेकपा एमालेले ६ वटा वडामा जित सुनिश्चित गरेको छ । वडा नम्बर २ ,४ ,७, ८,९ र १० को वडा अध्यक्षमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ  । त्यस्तै नेपाली काँग्रेसले वडा नं १ ,५,६ र ११ र वडा नं ३ माओवादी केन्द्रमा विजयी भएको छ । 

Author

जानु पाण्डे