• ८ जेठ २०८१, मङ्गलबार

‘कान्स फिल्म फेस्टिभल’मा नायिका पन्त

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ५ गते । अभिनेत्री सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल २०२२’मा सहभागी हुने भएको छ । उहाँ मङ्गलबार फ्रान्सको पेरिसमा हुने फेस्टिभलमा सहभागी हुन जानुभएको छ । कान्स फेस्टिभलमा पन्त नेपालमा छायाङ्कन गरिएको फ्रेन्च चलचित्र ‘द एट माउन्टेन्स’को प्रतिनिधित्व गर्दै हुनुहुन्छ । “मैले एक वर्षअगाडि फ्रेन्च फिल्मको अडिसन दिएको थिएँ,” उहाँले भन्नुभयो, “त्यो फिल्म कान्समा छनोट भएको रहेछ । मलाई सट नोटिस आयो । त्यसैले म फ्रान्स जाँदै छु ।” 

चलचित्र (मे १८) मा प्रिमियर हुने भएको छ । यस वर्षको कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुँदै छ ।