• ११ मंसिर २०८१, मङ्गलबार

मनरा सिस्वा नगर प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी

blog

प्रमुख मोहन पाण्डेय र उपप्रमुख सकुन्तला देवी । तस्वीर : महेशकुमार दास

महेशकुमार दास 

जलेश्वर, जेठ ४ । मनरा सिस्वा नगरपालिकाको प्रमुख र उप प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । सम्पन्न मतगणना परिणाम अनुसार मनरा सिस्वा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहन पाण्डेय र उप प्रमुखमा काँग्रेसकै शकुन्तला देवी विजयी हुनु भएको छ । 

पाण्डेयले ५ हजार ८८४ मत ल्याउनु भएको छ भने उपप्रमुख देवीले ५ हजार ७४५ मत ल्याउनु भएको निर्वाचन अधिकृत डण्डपाणि शर्माले बताउनु भएको छ । मनरासिस्वा नगर प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका महेन्द्र रायले ४ हजार ९२० र उपप्रमुखमा निर्मला कुमारी देवी सिंह ४ हजार ८४२ मत ल्याई निकटतम प्रतिद्वन्द्वी बन्नु भएको छ । 

नगर प्रमुख पाण्डेय ९६४ र उपप्रमुख शकुन्तला ९०३ मतले आफना निकटतम प्रतिद्वन्द्वीलाई पछाडि पार्दै विजयी हुनु भएको हो । वडा—१ मा नेपाल कम्प्युष्टि पार्टी एमालेका गोविन्द चौरसीया ६९४ मत ल्याइ विजयी हुनु भएको छ । यस्तै, वडा नं.२ मा नेपाली काँग्रेस नरेश कुमार सिंह ७४० मत, वडा नं.—३ मा नेपाली काँग्रेस अशोक कुमार अधिकारी ८८४ मत, वडा नं.—४ मा नेपाल कम्प्युष्टि पार्टी एमालेका चन्द्र भुषण मैवार ५०२ मत ल्याई विजयी हुनु भएको छ । 

यसैगरी,  वडा—५ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका हदिस अंसारी ७९३ मत , वडा नं.—६ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामवहादुर साह तेली ७०२ मत, वडा नं.—७ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामनाथ सहनी ४६८, वडा नं.—८ मा जनमत पार्टीका अजय कुमार सिंह ३८५ मत ल्याई विजयी हुनु भएको छ । 

वडा नं.—९ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शशिभुषण झा ४४९ मत र वडा नं.— १० मा  नेपाली काँग्रेसकाका अरुण कुमार चौधरी ७८० मत ल्याई विजयी हुनु भएको छ ।