• १६ असार २०८१, आइतबार

छत्रेश्वरीमा एमालेका ओजबहादुर विजयी

blog

प्रतीक इच्छुक शर्मा
सल्यान, जेठ ४ गते  ।
सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ ।  अध्यक्षमा एमाले सल्यानका सचिव ओजबहादुर बुढाथोकीले तीन हजार ८९२ मत प्राप्त गरी विजय हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशबहादुर विष्टले दुई हजार ६२३ मत प्राप्त गर्नुभएको छ भने  नेकपा (माओवादी केन्द्र)का प्रेम खड्काले दुई हजार ५०९ मत प्राप्त गर्नुभएको हो ।

यसअघि दुवै पदमा विजयी काँग्रेसका जिल्ला सभापति समेत रहेका केशबहादुर विष्ट चुनाव लडेपछि छत्रेश्वरीलाई चासोपूर्ण पालिकाको रुपमा हेरिएको थियो । विष्ट निवर्तमान जिल्ला समन्वय समिति सल्यानको प्रमुख समेत हुनुहुन्छ ।

जिल्ला समन्वय समितिको प्रमुखबाट राजीनामा दिएर गाउँपालिका लडेका विष्ट आफूसहित वडामा पनि कांग्रेसले पराजय भोग्नुपरेको छ ।

त्यसैगरी, उपाध्यक्षमा पनि एमालेका बुद्धा केसी तीन हजार ३८२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीता गिरिले तीन हजार ४६ र एकीकृत समाजवादीका राज बहादुर बुढाथोकीले १९८८ मत ल्यानुभएको छ ।